सल्यानको लुहापिङमा आइसोलेसन कक्ष निर्माण गरिदैँ : बन्गाडका कोरोना संक्रमितलाई राख्ने तयारी

सल्यान २०, जेष्ठ ।
सल्यानको लुहापिङमा आइसोलेसन निर्माण गर्न थालिएको छ । लुहापिङ स्थित सल्यान बहुमुखी क्याम्पस परिसरमा एक सय बेडको आइसोलेसन निर्माण गर्न थालिएको हो । अहिले आइसोलेसन निर्माणको काम तिव्र गतिमा भैरहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो ।


यस आइसोलेसनमा बन्गाड कुपिण्डे नगरपालिकामा भेटिएका कोरोना संक्रमितलाई राखिने छ । आइसोलेसन तयार भएपछि आज बेलुका सम्म सबै संक्रमितलाई ल्याएर आइसोलेसनमा राखिएको उहाँको भनाई छ । अहिले संक्रमितलाई अलग्गै क्वारेन्टाइनमा राखेका छौँ, हामीले लुहापिङमा आइसोलेसन ब्यबस्थापनको काम गरी रहेका छौँ उहाँले भन्नुभयो संक्रमितलाई नै बेलुका सम्म ल्याएर आइसोलेसनमा राख्छौँ ।

सोमबार मात्रै बन्गाडका १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस अघि बन्गाडमा भेटिएका २५ संक्रमित मध्ये १२ जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ भने बाँकी १३ जनाला कोरोना बिशेष अस्पताल सुर्खेत पठाईएको छ । सल्यानमा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस