सल्यानका कोरोना संक्रमितको ब्यबस्थापनमा समस्या

सल्यानका थप ९ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ५१ पुग्यो

सल्यान २०, जेष्ठ ।
सल्यानका कोरोना संक्रमितहरुलाई ब्यबस्थापनमा समस्या भएको छ । पछिल्लो समय दैनिक रुपमा संक्रमित भेटिन थालेपछि उनीहरुको ब्यबस्थापनमा समस्या भएको हो । भारतवाट आएका उनीहरुलाई स्थानिय तहले निर्माण गरेका क्वारेन्टाइनमा राखेर कोरोना भए नभएको पत्ता लगाउन स्वाव संकलन गरेर सुर्खेत पठाइएको थियो ।

जसमध्ये अहिले सम्म ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । अझै करिव पाँच सय वटा स्वावको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । यस्तो अबस्थामा जिल्लामा कोरोेना संक्रमितहरुको ब्यबस्थानमा समस्या भएको प्रमुख डा. अर्जुन कुमार बुढाले जानकारी दिनुभयो ।
बिभिन्न क्षेत्र संगको समन्वयमा लुहापिङमा आइसोलेसन निर्माण कार्यको थालनी गरिएको छ । तर आधारभूत मापदण्ड पुरा गरेर तयार पार्नुपर्ने र सामाग्रीहरु बाहिरी जिल्लाबाट ल्याउनुपर्ने भएकाले समस्या भएको उहाँको भनाई छ । बेड, खानेपानी, शौचालय, बत्ती लगाएतका सबै कुराहरुको ब्यबस्थापन गर्नुपर्ने भएकाले समस्या भएको उहाँले जानकारी दिनुभयो ।


बन्गाडमा र दार्मामा भेटिएका संक्रमितलाई छुट्टै कोठामा राखिएको र आइसोलेसनमा पठाउने तयारी भैरहेको उहाँको भनाई छ । बन्गाडका संक्रमितलाई लुहापिङमा तयार हुदैँ गरेको आइसोलेसनमा राखिने र तयार भएपछि ल्याउने बताउदैँ उहाँले तयारी अभावका कारण आज नै ल्याएर राख्न सक्ने अबस्था नरहेको बताउनुभयो । सम्भवत बुधवार सम्म ल्याउने गरी तयारी भैरहेको उहाँको भनाई छ । यस्तै दार्मामा भेटिएका संक्रमितहरुलाई चौरजहारी पठाउने गरी छलफल भैरहेको उहाँले जानकारी दिनुभयो ।

सल्यानका थप ९ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ५१ पुग्यो
सल्यानमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल सुर्खेत, पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा जिल्लाको दार्मा गाउपालिकाका ९ जनामा कोरोना संक्रमणक पुष्टी भएको हो ।

संक्रमितहरु ३५ बर्ष देखि ५० बर्ष उमेर समुहका सबै पुरुष रहेको छन् । जसमा दार्मा गाउपालिका वडा नम्बर १ का ३९ बर्षिय १ जना, वडा नम्बर २ का ३६ र ४८ बर्षिय २ जना, वडा नम्बर ३ का ३५ र ३९ बर्षिय २ जना, वडा नम्बर ४ का ३८, ४०, ४० र ५० बर्षिय ४ जना रहेका छन् । यस अघि जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाका ४२ जनामा संक्रमण पुष्टी भएको थियो । यस सँगै सल्यानमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस