सल्यानको नाम्रामा एक घरमा आगलागी

सल्यान २०, जेठ ।
सल्यानमा एक घरमा आगलागी भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा १ नाम्रामा स्थानीयको घरमा आगलागी भएको हो । घरमा आगलागी हुदा पुरै घर जलेर नष्ट भएको छ । नाम्रा स्थित स्थानिय गोपाल कामीको घरमा दिउसो ३ वजेको समयमा आगलागी भएको हो ।


घर नजिकै रहेको खरको आरनमा बसेर काम गर्ने स्थानबाट आगो सल्केको थियोे । दिउसो खेल्दै गर्दा बालबालिकाले आगो लगाएको हुनसक्ने स्थानीय शिक्षक रामप्रसाद शर्माले जानकारी दिनु भएको छ । आगलागी हुदाँ घरमा भएको सबै अन्नपात, लत्ताकपडा, काठ पुरै जलेर नष्ट भएको छ । क्षतीको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित