कोरोना जोखिम बिमा बनाउदैँ सल्यानका स्थानिय तह

सल्यान २१, जेष्ठ ।
सल्यानका स्थानिय तहहरुले धमाधम रुपमा कोरोना बिमा गर्न थालेका छन् । जिल्लाका स्थानिय तहहरुले कोरोना भाइरस विरुद्ध खटिने कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको कोरोना विमा गर्न थालेका हुुन् । यसैक्रममा जिल्लाका चार वटा स्थानिय तहहरुले कोरोना बिमा गरेका छन् । जिल्लाको दार्मा गाउपालिका, सिद्ध कुमाख गाउपालिका, कपुरकोट गाउपालिका र छत्रेश्वरी गाउपालिकाले कोरोना बिमा गरेका हुन् ।

जिल्लामा शाखा कार्यालय रहेका तीन वटा बिमा कम्पनीहरुले कोरोना बिमा बनाउदैँ आएका हुन् । कोभिड १९ को संक्रमण नियन्त्रण गर्न, उद्धार तथा व्यवस्थापनमा लाग्ने सबैको विमा गरिएको स्थानिय तहको भनाई छ । जसमा दार्मा गाउपालिकाले १ सय ३२ जना, सिद्ध कुमाख गाउपालिकाले १ सय ४ जना, कपुरकोट गाउपालिकाले १ सय २८ जना र छत्रेश्वरी गाउपालिकाले १ सय २८ जनाको कोरोना बिमा गरिदिएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिने सबैको बिमा गरिएको सिद्ध कुमाख गाउपालिका अध्यक्ष चित्र बहादुर चलाउनेलेले जानकारी दिनुभयो । अहिलेको अबस्थामा कोरोना भाइरस विरुद्ध खटिने कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको संस्थागत रुपमा बीमा गरिएको छत्रेश्वरी गाउपालिका अध्यक्ष सन्तोष केसीले बताउनुभयो ।


नगर कार्यपालिकाको निर्णय अनुसार नगरपालिकाले पनि कोरोना बिमा बनाउने तयारीमा रहेको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले जानकारी जानकारी दिनुभयो । कर्मचारीहरु बिमा बनाउने कार्यमा खटिएको र अबको केही दिनमा कोरोना भाइरस विरुद्ध खटिने कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको कोरोना बिमा गरिने उहाँको भनाई छ ।

विमा बापत प्रति व्यक्ति ६ सयका दरले रकम लिइएको र पीसिआर रिर्पोट दुई पटक पोजेटिभ देखिएमा एक लाखसम्म रकम उपलब्ध गराइने नेको इन्सोरेन्स प्रालि सल्यान शाखा प्रमुख नारायण दाहालले जानकारी दिनुभयो । बीमा ३ महिना देखी ९९ बर्ष सम्मका नागरिकले बनाउन सक्ने उहाँको भनाई छ । यस्तै कोरोना बिमा अन्य नागरिकहरुले पनि बनाउन सक्ने र बिमा जारीभएको १५ दिनपछिबाट जोखिम बहन शुरु हुने उहाँले जानकारी दिनुभयो । विमाको समय एक वर्षको हुने छ ।

प्रतिक्रिया दिनुहोस