कोरोना राहत कोषमा कार्यकारी प्रमुख हमालद्वारा १ महिनाको तलव जम्मा

सल्लीवजार २१, जेष्ठ ।
सुर्खेतको सिम्ता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक हमालले एक महिनाको तलव कोरोना राहत कोषमा जम्मा गर्नुभएको छ । प्रमुख प्रशासकिय अधिकृत हमालले एक महिनाको तलब बराबरको रकम रु. ४० हजारको चेक सिम्ता गाउँपालिकाको कोरोना राहत कोषमा जम्मा हुने गरि गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीलाई हस्तान्तरण गर्नुभएको हो । यस अघि पनि उहाँले ५ दिन बराबरको तलब जम्मा गरिदिनुभएको थियो ।


कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भनेर एक महिनाको तलव जम्मा गरेको उहाँको भनाई छ । साथै उहाँले कोरोना रोकथामको लागी एकजुट हुन गाउपालिकाबासीमा अनुरोध गर्नुभएको छ । आफ्नो तलवबाट रकम कोरोना कोषमा जम्मा गर्नुभएकोमा हमाललाई अध्यक्ष केसीले धन्यवाद ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस