सल्यानमा पहिचान नभएको किराले मकैँवाली सखाप

सल्यान २१, जेष्ठ ।
सल्यानको पश्चिमी भेगका विभिन्न क्षेत्रमा किसानले लगाएको मकैँवालीमा किराको प्रकोप देखिएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ६ को अधिकांश वारीमा किसानले लगाएको मकैँमा किराको प्रकोप देखिएको हो । किराले मकैँको जरा, पात, डाँठ सबै खाएर नष्ट पारेको छ ।


तर पनि कुन किराको प्रकोप हो भन्ने वारेमा अहिले सम्म खुलेको छैन् । हेर्दा फट्यांग्रो जस्तो देखिने किराले मकैँ खाएर सखाप पारेको किसानको गुणासो छ । घाँजरीपिपलको विभिन्न क्षेत्रमा लगाएको मकैमा यस्तो समस्या देखिएको स्थानीय चन्द्र वुढाले जानकारी दिनुभयो ।

मकैको सानो देखि ठुलो बिरुवा सम्म किराले खाने गरेको उहाँको भनाइ छ । मकैमा औषधि छर्के पनि किरा नहटेको उहाँले जानकारी दिनुभयो । किराले मकैँ सखाप पारेपछि किसानहरुले फेरी मकैँ छर्ने तयारी गरेका छन् । यस सम्बन्धि सरोकारवाला निकायमा खवर गरेपनि मौन रहेको किसानको भनाई छ । मकैँमा लागेको किराको पहिचान गरी नियन्त्रणका लागी तत्काल कदम चाल्न किसानले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस