सल्यान २१, जेष्ठ ।
सल्यानका ४ वटा स्थानिय तहमा कोरोना संक्रमण देखिएको छ । जिल्लाका दश स्थानिय तह मध्ये ४ वटा स्थानिय तहमा कोरोना भाइरसको संक्रमण देखिएको हो । बुधबार मात्रै जिल्लाका ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको कुमाख गाउपालिकामा २ जना र कपुरकोट गाउपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
प्रदेश अस्पताल सुर्खेत, पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा जिल्लाको कुमाख गाउपालिकाका २ जनामा संक्रमण पुष्टी भएको हो । उनीहरु दुवै जना पुरुष हुन् । कुमाख गाउँपालिका वडा नम्बर ३ का १९ र २४ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
यस्तै कपरकोट गाउपालिका वडा नम्बर ६ का २९ बर्षिय एक पुरुषमा पनि कारोना पुष्टी भएको हो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा कपुरकोटका १० जनाको स्वाव परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमित कालिका माद्यामिक बिद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए ।
यसअघि बन्गाड कुपिण्डे नगरपालिकामा ४२ जना र दार्मा गाउपालिकामा ९ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । यस सँगै सल्यानमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।
यसैबिच जिल्लाका कोरोना संक्रमितहरुको अझै ब्यबस्थापन हुन सकेको छैन् । बन्गाड कुपिण्डे नगरपालिका, दार्मा गाउपालिका र कुमाख गाउपालिकामा भेटिएका कोरोना संक्रमितहरुको अझै ब्यबस्थापन हुन नसकेको हो । अब उनीहरुलाई सबैलाई लुहापिङमा निर्माणाधिन क्वारेन्टाइनमा राख्ने सम्भावना रहेको स्वास्थ्य सेवा कार्यलय सल्यानले जनाएको छ । अहिले जिल्लामा निर्माण गरिएका क्वारेन्टाइनमा गरी हजारौँमा नागरिक रहेका छन् भने दिनुहँ जसो स्वाव संकलनको काम पनि भैरहेको छ ।