बन्गाड कुपिण्डे नगरपालिकाले एक सय बेडको आइसोलेसन निर्माण गर्ने

सल्यान २२, जेष्ठ ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाले एक सय बेडको आइसोलेसन कक्ष निर्माण गर्ने भएको छ । नगरमा कोरोना भाइरसका संक्रमितहरु थपिदैँ जानथालेपछि उनीहरुको ब्यबस्थापनको लागी आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय नगरपालिकाले गरेको हो । बुधबार बसेको नगरकार्यपालिका बैठकले नगरमा आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेको नगरप्रमुख गोबिन्द कुमार पुनले जानकारी दिनुभयो ।

बन्गाडमा भेटिएका कोरोना संक्रमितहरुलाई सुर्खेत र रुकुम पश्चिमका अस्पतालले लिन नमानेपछि नगरपालिकाले आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेको उहाँको भनाई छ । यस्तै क्वारेन्टाइनमा अपुग मात्रामा सुरक्षाकर्मी भएका स्थानमा नगरले स्वयम्सेवक यूवा परिचालन गर्ने निर्णय पनि गरेको छ ।


अहिले नगरका करिब डेढ दर्जन बिद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको छ । नगरमा एकैसाथ १६ सय बढी नागरिक भारत लगाएतका स्थानबाट फर्किएकाले ब्यबस्थापनमा समस्या भएको नगर उपप्रमुख मञ्जु यरीले जानकारी दिनुभयो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागी नगरपालिकाले निरन्तर रुपमा काम गरिरहेकाले हतोत्साहित नभई कोरोनाको मिलेर सामना गर्न सबैमा प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले आग्रह गर्नु भएको छ । नगरपालिकामा अहिलेसम्म ४२ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस