सल्यान २३, जेष्ठ ।
सल्यानमा भारतबाट नागरिकहरु भित्रिने क्रम अझै रोकिएको छैन् । मजदुरीका लागी भारतका बिभिन्न ठाँउहरुमा गएका नागरिकहरु धमाधम रुपमा फर्किन थालेका हुन् । जसले गर्दा उनीहरुको ब्यबस्थापन गर्न जनप्रतिनिधिहरु हम्य हम्य परेको छ । बन्गाड कुपिण्डे नगरपालिकाका प्रमुख गोबिन्द कुमार पुनले बाहिर आएका नागरिकहरुको ब्यबस्थापन गर्न अहिले भ्याइ नभ्याई नभएको बताउनुभयो ।
दिनहुँ जसो बाहिरबाट फर्किएर आउने ती नागरिकहरुको ब्यबस्थापन गर्न नगरपालिका सक्रिय भएर लागेको उहाँको भनाई छ । यसैक्रममा गएराती मात्रै नगरमा भारत बाट २० जना नागरिकहरु आएका छन् । उनीहरु आएका थाहा पाउन बित्तिकै नगरप्रमुख पुन राती १२ बजे ब्यबस्थापनको सामाग्री, पानी, फ्रुटी, म्याट, ड्राइफुड खाना वोकेर बालुवासंग्रही जानुभएको थियो । बन्गाड कुपिण्डेका १४ जना र कुमाखका ६ जना ती नागरिकहरुको ब्यबस्थापन गरिएको थियो ।
बाहिरबाट फर्किएका नागरिकहरुको ब्यबस्थापन गरिरहे पनि यहाँबाट स्वाव संकलन गरेर परिक्षणका लागी पठाएका नागरिकहरुको रिपोर्ट आउन ढिलाई हुदाँ समस्या भएको उहाँको भनाई छ । नगरपालिकाले ६ सय १० जनाको स्वाव संकलन गरेर पठाएको १० दिन पुग्दा समेत रिपोर्ट आएको छैन् । यस्तै अझै ९ सय बढी नागरिकहरुको स्वाव संकलन गर्न बाँकी रहेको उहाँको भनाई छ ।