सल्यान २३, जेष्ठ ।
बिश्व वातावरण दिवशको अबशरमा सल्यानमा बृक्षारोपण गरिएको छ । सुरक्षित जीवनका लागि जैविक विविधता भन्ने मुल नाराका साथ दिवशको अबशरमा बृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालय सल्यानको आयोजनामा शारदा सव डिभिजन कार्यालयको हाताभित्र वृक्षारोपण गरिएको छ ।
वृक्षारोपण गर्दै प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले वातारणको हेरचाह, संरक्षण गर्नु नागरिकको दायित्व भएको बताउनुभएको छ । उहाँले वातावरण संरक्षणमा मानवीय भूमिकालाई प्रवल बनाउने उद्धेश्य सहित दिवश मनाउदैँ आएको बताउनुभयो । मानव जाती आफु बस्दै आएको वातावरणको सर्जक र विनाशक दुवै भएकाले वातावरण संरक्षणमा मानव जातीको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई छ ।
डिभिजन वन कार्यालयको बाँझो जमिनमा बिभिन्न प्रजातीका दर्जन बढी बिरुवा रोपिएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख, डिभिजनल वन अधिकृत रमेश कुमार गिरीले जानकारी दिनुभयो । उहाँले वातावरण हराभरा सँगै उपयोगी बिरुवाहरु दालचिनी, ओखर, कागती लगाएत बिभिन्न प्रजातीका बिरुवा रोपिएको उहाँको भनाई छ ।
यस्तै विश्व वातावरण दिवसको अवसरमा जिल्लाका बिभिन्न स्थानिय तहहरुमा पनि बृक्षारोपण गरिएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ५ मा बिश्व वातावरण दिवस मनाउने गरिन्छ ।