सल्यानमा संकलित १ हजार ९ सय १८ स्वावको रिपोर्ट आउन बाँकी

सल्यान २४, जेष्ठ ।
सल्यानमा संकलित करिब २ हजार स्वावको रिपोर्ट आउन बाँकी रहेको छ । जिल्लाका बिभिन्न स्थानिय तहले निर्माण गरेका क्वारेन्टाइनमा बसेका जिल्लाभरका १ हजार ९ सय १८ वटा स्वावको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका प्रमुख डा. अर्जुन कुमार बुढाले जिल्लाभर अहिले सम्म २ हजार ३ सय २७ वटा स्वाव संकलन गरेर परिक्षणका लागी पठाएकोमा ४ सय ९ वटाको मात्रै रिपोर्ट आएको जानकारी दिनुभएको छ । जसमा ५४ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकी १ हजार ९ सय १८ वटा स्वावको रिपोर्ट आउन बाँकी रहेको उहाँको भनाई छ ।


जिल्लामा जेठ महिना यता भारत सहित अन्र्तजिल्लाबाट फर्किनेहरुको संख्या सयौँको मात्रामा थियो । उनीहरुलाई स्थानिय तहले निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । तर स्वाव संकलन गरेर परिक्षणका लागी पठाएको हप्ता दिन बढी हुदाँ पनि परिक्षणको रिपोर्ट नआउदाँ समस्या भएको छ ।

यसैबिच जिल्लाको दार्मा गाउपालिकाका ६ जना कोरोना संक्रमितहरुलाई लुहापिङ स्थित सल्यान बहुमुखी क्याम्पसको आइसोलेसनमा राखिएको छ । जम्मा संक्रमित ९ जना मध्ये ६ जनालाई शुक्रबार ल्याईएको र बाँकी ३ जनालाई शनीवार ल्याउने स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस