सल्यानका थप २८ जनामा कोरोना संक्रमण पुष्टी : संक्रमितको संख्या १ सय १९ पुग्यो

सल्यान २५, जेष्ठ ।
सल्यानका थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा एक महिला सहित सल्यानका २८ जनामा संक्रमण पुष्टी भएको हो ।


संक्रमण हुनेहरुमा सबै बन्गाड कुपिण्डे नगरपालिकाका रहेका छन् । थप संक्रमण पुष्टि भएका व्यक्ति १६ देखि ६० बर्ष उमेर समुहका छन् । उनीहरु सबै बन्गाड कुपिण्डे नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए । भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस सँगै सल्यानमा कोरोना संक्रमितको संख्या १ सय १९ पुगेको छ ।

जसमा बन्गाड कुपिण्डे नगरपालिकामा १ सय ७ जना, दार्मा गाउपालिकामा ९ जना, कुमाख गाउपालिकामा २ जना र कपुरकोट गाउपालिकामा १ जनामा संक्रमण पुष्टी भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस