बन्गाड कुपिण्डेको राहत कोषमा डिडिएसद्धारा दश हजार सहयोग

सल्लीवजार २५, जेष्ठ ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत कोषमा दलित बिकास समाज सल्यानले आर्थिक सहयोग गरेको छ । नगरपालिकाको राहत कोषमा जम्मा हुने गरी रु. १० हजारको चेक हस्तान्तरण गरिदएको छ ।


डिडिएसका प्रतिनिधि द्रोर्ण यरीले नगर उपप्रमुख मञ्जु यरी र प्रमुख प्रशासकिय अधिकृत मोहन खड्कालाई सो चेक हस्तान्तरण गर्नुभएको हो । सो रकमले कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग हुने उपप्रमुख यरीको भनाइ छ । दलित बिकास समाज सल्यानले जिल्लाका दश वटै स्थानिय तहलाई दश÷दश हजार रुपैँया आर्थिक सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस