सल्लीवजार २६, जेष्ठ ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाका जनप्रतिनिधिहरु नागरिकको समस्या बुझ्न क्वारेन्टाइन पुग्ने गरेका छन् । भारत सहितका बिभिन्न ठाँउहरुबाट सयौँको संख्यामा नागरिकहरु भित्रिएपछि उनीहरुको क्वारेन्टाइनमा ब्यबस्थापन गरिएको छ । क्वारेन्टाइनमा बस्दा के कस्तो समस्या छन् भनेर जनप्रतिनिधिहरुको क्वारेन्टाइन स्थलमा पुग्न थालेका छन् ।
पछिल्लो समय नगरपालिकामा १५ सय बढी नागरिक भित्रिएका छन् । उनीहरुको स्वास्थ्य अवस्था, वसाइ, खानपिन, वत्ती लगाएतको अबस्था बुझ्न नगर प्रमुख गोविन्द कुमार पुन र उपप्रमुख मञ्जु यरी क्वारेन्टाइनमा पुग्दै आउनुभएको छ । यसैक्रममा मिल्कि एकेडेमी ढोरपिपल, महेन्द्र मावि आँपचौर र भेरि निमावि गराको अनुगमन गर्नु भएको छ ।
नगरका २९ वटा क्वारेन्टिनमा १५ सय ४२ नागरिक भारतबाट भित्रिएकालाइ राखिएको छ । जस मध्ये १ सय ७ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।