सल्यानमा टाउकोमा बसुलो प्रहार गरी श्रीमानको हत्या : श्रीमती पक्राउ

सल्यान २६, जेष्ठ ।
सल्यानमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ भुम्केज्युलाका ३८ वर्षिय श्रीमान डिल्ली बहादुर घर्तीको हत्या गरेको आरोपमा ३६ वर्षिया श्रीमतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आइतबार राती साढे ८ बजेतिर आफ्नै घरमा काठको काम गर्न प्रयोग गरिने धारिलो हतियार बसुलोले हानि गम्भिर घाइते भएका घर्तीलाई उपचारका लागी जिल्ला अस्पताल सल्यानमा ल्याउदाँ अस्पतालले मृत घोषणा गरेको सल्यानका प्रहरी प्रमुख, डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभयो । प्राराम्भिक अनुसन्धानका क्रममा बसुलोले टाउकोमा प्रहार गरी श्रीमानको हत्या गरेको खुल्न आएको उहाँको भनाई छ ।


हत्याको आरोपमा श्रीमतीलाई इलाका प्रहरी कार्यालय लुहाममा राखिएको छ । मृतक घर्तीको शवको पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित