सल्यानमा थप पाँच जनामा कोरोना पुष्टी : संक्रमितको संख्या १२४ पुग्यो

सल्यान २६, जेष्ठ ।
सल्यानमा आज थप पाँच जनामा कोरोना सक्रमण भएको पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको परीक्षणमा सल्यानका पाँच जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । संक्रमित हुनेमा बनगाड कुपिण्डे नगरपालिकाका ३ जना र कुमाख गाउँपालिकाका २ जना रहेका छन् ।


जसमा बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर २ का १७ र २३ वर्ष पुरुष तथा वडा नम्बर ३ का १८ वर्षिय पुरुष रहेका छन् । यस्तै कुमाख गाउँपालिका वडा नम्बर १ की १८ वर्षिया महिला र वडा नम्बर ३ का २१ वर्षिय पुरुष रहेका छन् । यससँगै सल्यानमासंक्रमितको संख्या १ सय २४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस