सल्यानका थप १२ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १३६ पुग्यो

सल्यान २७, जेष्ठ ।
सल्यानका थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । कोरोना पुष्टि भएका सबै बनगाड कुपिण्डे नगरपालिका रहेका छन् ।


जसमा बनगाड कुपिण्डे नगरपालिका वडा नम्वर ३ का २४, २५ र २६ बर्षिय ३ जना पुरुष, वडा नम्बर ४ का १७, २०, २०, २५, २६, २८ र ३० वर्षिय ७ जना पुरुष, वडा नम्वर ५ का २२ बर्षिय एक जना पुरुष र वडा नम्वर ८ का १८ बर्षिय पुरुष रहेका छन् । यससँगै बनगाड कुपिण्डे नगरपालिकामा संक्रमितको संख्या १ सय २४ पुगेको छ ।

सल्यानभर कोरोना संक्रमितको संख्या १ सय ३६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित