शारदा नगरपालिकाको कोरोना बिपद कोषमा लक्ष्मी लघुबित्तद्धारा रु. १० हजार सहयोग

सल्यान २७, जेष्ठ ।
नेपालका ७० भन्दा बढी जिल्लामा कोरोना भाइरसको संक्रमण फलिएको अबस्थामा सल्यान पनि कोरोना भाइरससँग लडिरहेको छ । जिल्लाका सबै स्थानिय तहहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागी बिभिन्न कार्यहरु गर्दै आएका छन् । महामारीको समयमा सबै एकजुट भएर लड्नुपर्छ भन्ने उद्धेश्यका साथ शारदा नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण एवम् बिपद् कोषमा सहयोग जुट्ने क्रम जारी रहेको छ ।

यसैक्रममा जिल्लाको शारदा नगरपालिका वडा नम्बर १ श्रीनगरमा कार्यालय स्थापना गरि बित्तिय गतिबिधी गर्दै आएको लक्ष्मी लघुबित्त बित्तिय संस्था लिमिटेडले कोरोना बिपद् कोषमा सहयोग गरेको छ । बित्तिय संस्थाका शाखा प्रबन्धक सुदिप शर्माले नगर प्रमुख सुरेश अधिकारीलाई रु. १० हजारको चेक हस्तान्तरण गर्नुभएको हो ।


सहयोग रकम बुझ्दै नगर प्रमुख अधिकारीले कोरोना विरुद्ध लड्न, कोरोना रोकथाम, नियन्त्रण र लकडाउनका कारण प्रभावितहरुलाई राहत उपलब्ध गराउन रकम प्रयोग गरिने बताउनुभयो । यस्तै कोरोना भाइरसका कारण उत्पन्न अवस्था र जटिल परिस्थीतीमा साथ सहयोग गर्नु सबैको उत्तरदायीत्व भएकाले नगरपालिकाको राहत कोषमा रकम सहयोग गरेको बित्तिय संस्थाका शाखा प्रबन्धक शर्माले जानकारी दिनुभयो ।

सो अबशरमा नगर उपप्रमुख साबित्रा बस्नेत पनि सहभागी हुनुभएको थियो । लक्ष्मी लघुवित्तले देशभर २१ लाख सहयोग गरेको छ । जसमा सबै प्रदेशलाई २/२ लाखका दरले १४ लाख र देशभरका ७२ वटा शाखा मार्फत थप ७ लाख रुपैँया सहयोग गरेको संस्थाले जनाएको छ ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन जारी बन्दाबन्दीका कारण जन जीवन कष्टकर भइरहेको समयमा जिल्लामा पालिकाहरुले स्थापना गरेको कोरोना राहत कोषका सहयोग गर्ने दाताहरुको संख्या बढ्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस