सल्यानको लुहापिङ आइसोलेशनमा वाईफाई सरर….

सल्यान २७, जेष्ठ ।
सल्यानको लुहापिङमा निर्माण गरिएको आइसोलेसनमा वाइफाइ जडान गरिएको छ । जिल्लामा भेटिएका कोरोना संक्रमितहरुलाई राख्नको लागी तयार पारिएको सल्यान बहुमुखी क्याम्पस लुहापिङको आइसोलेसनमा वाइफाइ जडान गरिएको हो । यससँगै आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुले फेसबुक, यूटुव, इमो लगाएतका सामाजिक सञ्जालहरु चलाइरहेका छन् ।


वल्ड लिंक कम्यूनिकेशन लिमिटेड सल्यानले निशुल्क रुपमा वाइफाइ जडान गरेको हो । मासिक पाँच हजार बरावरको द्रुत गतिको इन्टरनेट जडान गरिएको वल्ड लिंकका सल्यान प्रतिनिधि सनत कुमार शर्माले जानकारी दिनुभयो । आइसोलेसनमा बस्दा समय बिताउन सजिलो हुने र आफन्तहरुसँग पनि पटक पटक सम्पर्क गर्न सजिलो हुने भएकाले चालिस एमपिपिएस को नेट जडान गरिएको उहाँको भनाई छ ।

एक सय बेडको लुहापिङ आइसोलेसनमा अहिले बन्गाड कुपिण्डे नगरपालिका, दार्मा, कुमाख र कपुरकोट गाउपालिकाका कोरोना संक्रमितहरु बस्दै आएका छन् । वल्ड लिंकले जडान गरेको नेटले आइसोलेसनमा बसेकाहरुको लागी थप सहजता प्रदान गर्ने स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस