सल्लीवजार २८, जेष्ठ ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेका सल्यानको बन्गाडका १ सय ६४ जना घर फर्किएका छन् । २ हप्ता भन्दा बढी क्वारेन्टाइनमा बसेको, उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको र आरडिटि गर्र्दा पनि रिपोर्ट नेगेटिभ आएपछि बन्गाड कुपिण्डे नगरपालिकाका १ सय ६४ जनालाई घर पठाइएको नगरपालिकाले जनाएको छ ।
उनीहरुहरुलाई थप १४ दिन होम क्वारेन्टाइनमा बस्ने सर्त सहित घर पठाइएको हो । नवज्योती मावि अध्येरीका ३५, भेरि निमावि गराका ४२ र जनता प्रावि वस्नेउराका ८७ जनाको आरडिटी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । जसमा अध्येरीको क्वारेन्टाएनमा बसेका एक जनाको रिपोर्ट संकास्पद आएको स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेलले वताउनु भएको छ । ती ब्यक्तिको पिसिआर परिक्षणका लागी स्वाव संकलन गरेर पठाउने उहाँको भनाई छ ।
उनीहरुलाई बिशेष परामर्श सहित घर पठाईएको र अहिले स्वास्थ्य अबस्था सामान्य रहेको सरुवा रोग विशेषज्ञ डाक्टर इन्द्र थापाले बताउनुभयो । प्रभाकर माविका २२९, बनगाड क्याम्पस बनगाडका ७० र रामजानकी प्रावि राउचेका ८१ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आइसकेले उनीहरुको पुनः आरडिटि चेकजाँच पछि घर पठाइने उहाँको भनाई छ ।
घर फर्किएका सबैलाई अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्न नगरपालिकाले आग्रह गरेको छ ।