सल्लीवजार २८, जेष्ठ ।
सुर्खेतको सिम्ता गाउँपालिकाले किसानलाई वोयर जातको बोका वितरण गरेको छ । गाउपालिकाका ९ वटै वडाका बिभिन्न कृषक समुहहरुलाई ३५ वटा वोयर जातको बोका वितरण गरिएको हो । पशु स्वास्थ्य शाखाको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा बोका वितरण गरिएको गाउपालिकाले जनाएको छ ।
गाउपालिकाले उन्नत जातको बोका वितरण गरेको र यसले बाख्रामा नश्ल सुधार गर्न मद्धत गर्ने गाउपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिनुभएको छ । करिव १० लाख ५० हजार गाउँपालिकाको आर्थिक सहयोग र समुहमा आब्द किसानको ५ प्रतिशत लगानीमा किसानलाई उन्नत जातको बोयर बोका वितरण गरिएको पशु सेवा कार्यालयका प्रमुख दिलवहादुर पुनले जानकारी दिनु भएको छ । बुधबार मात्रै सिम्ताको राकम, गोजिवजार, कालीखोला र बाँखर्क वजारमा बोयर बोका वितरण गरिएको छ ।