सल्यानमा दुई बर्षिय बालक सहित ८ जनाको आरडिटी रिपोर्ट ‘पोजिटिभ’

सल्यान २९, जेष्ठ ।
सल्यानका आठ जनाको द्रुत परिक्षण (आरडिटी) गर्दा रिपोर्ट पोजिटिभ आएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा रहेको बनगाड क्याम्पसको क्वारेन्टाइनमा रहेका ८ जनाको आरडिटी रिपोर्ट पोजिटिभ आएको हो । स्वाव संकलन गरेर पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएका उनीहरुको आरडिटी गर्दा रिपोर्ट पोजिटिभ आएको हो ।

दुई वर्षका एक वालक सहित ८ जनाको आरडिटी पोजिटिभ आएको सरुवा रोग विशेषज्ञ डाक्टर इन्द्र थापाले जानकारी दिनु भएको छ । उनीहरुको पुनः स्वाव संकलन गरेर परिक्षण गर्ने तयारी भैरहेको उहाँको भनाई छ । यस नगरपालिकाका १ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु भारतबाट फर्किएका थिए ।


यसैबिच रामजानकी प्राथामिक बिद्यालय राउचका ८१ जना र बनगाड क्याम्पसका ७५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ भएकालाई घर पठाईएको छ । उनीहरुको आरडिटी परिक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको हो । घर फर्किएका सबैलाई अनिवार्य १४ दिन होम क्वारेन्टाएनमा बस्न सुझाव दिईएको नगर स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेलले वताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित