खुसीको खबर : कोरोनालाई जितेर सल्यानका २ जना युवा घर फर्किए

सल्यान २९, जेष्ठ ।
सल्यानका २ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कर्णाली प्रदेश अन्र्तगतको कोरोना अस्पताल सुर्खेतको आइसोलेसनमा रहेका उनीहरु कोरोनालाई जितेर बिहीबार घर फर्किएको सरुवा रोग बिशेषज्ञ डा. इन्द्र थापाले जानकारी दिनुभयो । भारतबाट फर्किएका उनीहरुमा कोरोना संक्रमण पुष्टी भएपछि उपचारको लागी सुर्खेत लगिएको थियो ।


बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ का २० बर्षिय र वडा नम्वर ५ का ३३ बर्षिय दुई जना यूवाहरुले कोरोना जितेर घर फर्किएका हुन् । आइसोलेसनमा राखिएको १० पछि निको भएर उनीहरु घर फर्किएको अस्पतालले जनाएको छ । उनीहरु खुसी हुदैँ घर फर्किएका छन् । पछिल्लो पटक गरिएको पिसिआर परिक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको हो ।

अदम्य आँट र हिम्मतले नै कोरोनालाई जित्न सकिने ती युवाहरुको भनाई छ । उनीहरुले कोरोनाबाट बच्न सजकता अपनाउन आग्रह गर्दै खानपिन र नियमित सरसफाइमा बिशेष जोड दिन सबैलाई सुझाव दिनुभएको छ । यससँगै सल्यानमा भेटिएका कोरोना संक्रमितहरु मध्ये १ सय ३४ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस