सल्यान ३१, जेष्ठ ।
सल्यानको शारदा नगरपालिकाले नगरभित्रका बिभिन्न वडामा निर्माण गरिएका क्वारेन्टाइनमा बसेका १ सय ८ जनाको स्वाव संकलन गरिएको छ । भारत सहितका बिभिन्न स्थानहरुबाट फर्किएका उनीहरुको शुक्रवार लुहापिङ स्थित त्रिभुवन जन माद्यामिक बिद्यालयको प्रांगणमा स्वाव संकलन गरिएको हो ।
संकलन गरिएको स्वावलाई पिसिआर परिक्षणका लागि हेटौडा स्थित कोरोना प्रदेश प्रयोगशालामा पठाइएको शारदा नगरपालिकाले जनाएको छ । यस अघि स्वाव संकलन गरि पठाइएका २ सय ४२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि विहिबार मात्रै घर पठाइएको थियो ।
यसैबिच नगरका बिभिन्न क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई सुरक्षा सामाग्री प्रदान गरिएको छ । सामग्रीहरुमा स्यानिटाइजर, साबुन, मास्क, टुथ्पेस्ट, ब्रस लगाएतका रहेका छन । उक्त सामग्री सुर्खेत स्थित कोपिला भ्यालीले उपलव्ध गराएको थियो ।