मुख्यमन्त्री रोजगार कार्यक्रम : सल्यानमा सवा छ करोड खर्च गरिदैँ

सल्यान ३२, जेष्ठ ।
मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत सल्यानमा सवाँ छ करोड रुपैँया खर्च गर्न लागिएको छ । बेरोजगारहरुलाई स्थानिय स्तरमा नै रोजगारीका अबशर सिर्जना गर्ने उद्धेश्यले कर्णाली प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत सल्यानमा सवाँ छ करोड खर्च गर्न लागिएको हो ।

जिल्लामा रहेका तीन नगरपालिका र सात गाउपालिका गरी दश वटै स्थानिय तहको लागी छ करोड २६ लाख ७५ हजार ८ सय २६ रुपैँया खर्च गर्न लागिएको हो । जसका लागी अहिले धमाधम सम्झौता हुदैँ कार्यान्वयनको चरणमा रहेको छ । प्रदेश सरकारको वजेट सामाजिक बिकास कार्यालय सल्यान मार्फत स्थानिय तहले बेरोजगारहरुलाई रोजगारी सहित धमाधम बिकास निर्माणका कामहरु सञ्चालन गर्ने तयारीमा रहेका छन् ।

जसमा नयाँ सडक निर्माण, स्तरोन्नती तथा सिँचाई कुलो निर्माणमा बजेट केन्द्रित भएको सामाजिक बिकास कार्यालय सल्यानका प्रशिक्षक सहायक प्रशान्त सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार शारदा नगरपालिकामा रु. ६४ लाख, बागचौर नगरपालिकामा रु. ६४ लाख र बन्गाड कुपिण्डे नगरपालिकामा रु. ६४ लाख प्राप्त भएको छ ।


यस्तै दार्मा गाउपालिकामा रु. ६४ लाख, कालीमाटी गाउपालिकामा रु.६४ लाख, कुमाख गाउपालिकामा रु.६४ लाख, छत्रेश्वरी गाउपालिकामा रु.६३ लाख ९४ हजार १ सय ३८, कपुरकोट गाउपालिकामा रु.६० लाख ८६ हजार ७ सय ६१, सिद्ध कुमाख गाउपालिकामा रु.६० लाख ७२ हजार ५ सय ९३ र त्रिबेणी गाउपालिकामा रु.५७ लाख २२ हजार ३ सय ३४ प्राप्त भएको छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रमलाई सफतलापूर्वक सम्पन्न गर्नका लागी जिल्लाका सबै स्थानिय तहहरु सँग छलफल र समन्वय भैरहेको उहाँको भनाई छ । यसका लागी पालिकामा रहेका रोजगार संयोजकहरुले समन्वय गरिरहनु भएको उहाँले जानकारी दिनुभयो । सामाजिक बिकास कार्यालयले एकमुष्ट रुपमा रकम स्थानिय तहको खातामा पठाउने छ ।

दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताउनुभएको छ । उहाँले आबश्यक पर्ने सुरक्षाका सामाग्री र औजार उपकरणको माग गरिएको र गाउपालिकामा आउन बित्तिकै काम सुचारु गरिने बताउनुभयो । सडक निर्माण, नाला निर्माण, पर्खाल निर्माण जस्ता कार्यहरुमा १८ दिनको रोजगारी दिने तयारी भएको उहाँको भनाई छ । मुख्यमन्त्री रोजगार कार्यक्रममा करिब ५ सय बेरोजगारले रोजगारी पाउने गाउपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित