लकडाउनले रोकेन विकास : बिद्यालय प्रवेशद्धार सँगै घेरवार निर्माण

सल्लीवजार ३२, जेष्ठ ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागी लकडाउन गरेपनि सल्यानमा विकास निर्माणका कामहरु भने धमाधम रुपमा भैरहेका छन् । आबश्यक सुरक्षा सर्तकता अपनाउदैँ बिकास निर्माणका कामहरु भैरहेका हुन् । यसैक्रममा जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ७ मा रहेको कृष्ण माद्यामिक बिद्यालय लेखसँग्रहीमा विद्यालय प्रवेशद्धारसँगै घेरबारको काम सम्पन्न भएको हो ।


जिल्लाको चौथो पुरानो विद्यालय २००८ सालमा प्राथामिक तह स्थापना भैइ २०३५ सालमा माद्यामिक तह सञ्चालन भएको थियो । यससँगै विद्यालयको भौतिक पुर्वाधारले गतिलिन सुरुवात गरेको छ । यस बिद्यालयमा गतवर्ष ५० लाख बराबरको भवन निर्माण भएको थियोे भने यो आर्थिक वर्षमा विद्यालयले प्रदेश सरकारको वजेटमा घेरवार निर्माण गरेको हो ।


प्रदेश सरकारको बजेटबाट काम सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द वलीले जानकारी दिनुभयो । २० लाख रुपैँया वजेटमा गेट निर्माणसँगै १ सय ९८ मिटर घेरबार गरिएको उहाँको भनाई छ । कोरोनाको कहर छिचोल्दै काम अघि वढाएको विद्यालयका प्रधानाध्यापक मोहन कुमार रोकायले जानकारी दिनुभयो । स्तरीय शिक्षा प्रदान गर्दै आएको बिद्यालयमा भौतिक संरचना निर्माण हुुन थालेपछि स्थानिय खुसीभएका छन् ।

प्रतिक्रिया दिनुहोस