सल्यान १, आषाढ ।
सल्यानमा आज (सोमवार) देखी दुई सिफ्टमा कार्यालय खुल्ला हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय सल्यानले आइतवार एक सुचना जारी गर्दै गृह मन्त्रालयको परिपत्र अनुसार असार १ गते आज (सोमवार) देखी जिल्लाका सम्पुर्ण कार्यालयहरु दुई चरणमा सञ्चालन हुने जानकारी दिएको हो ।
सबै सरकारी कार्यालय, बैँक, बित्तीय संस्था, गैरसकारी संस्था तथा निजी क्षेत्रका कार्यालयहरु खुल्ने सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेद्धारा जारी सुचनामा उल्लेख गरिएको छ । जसमा विहान ८ बजेदेखी दिउँसो १ बजे सम्म र दिउँसो १ बजेदेखी बेलुकी ६ बजेसम्म गरेर दुई चरणमा कार्यालयहरु खुल्ला रहने भएका हुन् ।
आबश्यक सुरक्षा सर्तकता अपाउदैँ कार्यालय खोल्न परिपत्र गरिएको उहाँको भनाई छ । उहाँले कोरोना भाईरस संक्रमणको सावधानी अपनाउदै सामाजिक दुरी कायम गर्ने, मास्क प्रयोग गर्ने, पटकपटक सावुनपानीले हात धुने लगाएत जनस्वास्थ्यको मापदण्द अनिवार्य पालना गर्दै सेवा प्रवाह गर्न भनिएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय सल्यानद्धारा जारी सुचना :
जोर बिजोरमा सवारीसाधन चलिरहेका छन्
सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले जिल्लामा जोर बिजोर प्रणालीबाट निजी सवारीसाधन सञ्चालन भैरहेको बताउनुभएको छ । आबश्यक सुरक्षा सर्तकता अपनाउदैँ निजी सवारीसाधन सञ्चालन भैरहेको उहाँको भनाई छ । जोर नम्वरका दिनमा जोर नम्वर भएका र विजोर नम्वरका दिनमा बिजोर नम्वरका निजी सवारीसाधनहरु जिल्ला भित्र सञ्चालन भैरहेको उहाँले जानकारी दिनुभयो ।
यदी जिल्ला बाहिर जानुपर्ने अबस्था आएमा प्रशासनबाट अनुमती लिएर सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । यस्तै आबश्यक सुरक्षा सर्तकता सहित ब्यापार ब्यबसायलाई पनि खुकुलो बनाउदैँ लगेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।