सल्यान १, आषाढ ।
सल्यानका ११ जना कोरोना संक्रमितले कोरोनालाई जितेर घर फर्किएका छन् । सुर्खेतको कोरोना अस्पतालमा उपचाररत उनीहरुले कोरोनालाई जितेर आज घर फर्किएका हुन् । कोरोना संक्रमण पुष्टी भएपछि उपचारको सुर्खेत पठाएका १३ जना मध्ये २ जना अघि नै फर्किएका थिए । बाँकी ११ जना पनि आज फर्किएको अस्पतालले जनाएको छ ।
यससँगै सल्यानमा कोरोना बाट निको हुनेको संख्या १३ पुगेको छ । उनीहरु सबै बन्गाड कुपिण्डेनका रहेका छन् । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि जेष्ठ १९ गते उपचारका लागि उनीहरुलाई सुर्खेत लगिएको थियो । निको हुनेहरुमा बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ का तीन जना, वडा नं. ४ का दुई जना र वडा नं. ६ का छ जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।
कोरोना लाग्दैमा आत्तिन नहुने र आत्मवल बलियो बनाएमा कोरोनालाई जित्न सकिने उनीहरुको भनाई छ । सल्यानमा १ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।