सल्यान २, आषाढ ।
नेपाली काँग्रेस सल्यानले प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । सल्यानका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएको हो । अहिलेको परिस्थितीमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागी प्रभावकारी कदम चाल्न माग गर्दै ज्ञापन पत्र बुझाइएको हो ।
नेपाली काँग्रेस सल्यानका कार्यवाहक सभापती निम बहादुर वली नेतृत्वको टिमले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउदैँ उहाँले कोरोना भाइरसका कारण उत्पन्न जटिल परिस्थितीमा जनताले महशुस गर्ने गरी सरकारले प्रभावकारी कदम नचालेको बताउदैँ त्यस तर्फ ध्यान केन्द्रित गराउन माग गर्नु भएको हो ।
कोरोना परिक्षणको दायरा बढाउन, राहत तथा उद्धारका कार्यहरु प्रभावकारी रुपमा गर्न, आबश्यक सुरक्षा सामाग्रीको ब्यबस्था गर्न लगाएतका मागहरु सहित ज्ञापन पत्र बुझाईएको नेपाली काँग्रेस सल्यानले जनाएको छ । ज्ञापनपत्रमा विदेशबाट घर फर्कन चाहने नेपालीलाई यथाशीघ्र सरल र सुलभ व्यवस्था गरी फर्किने वातावरण बनाउनुपर्ने, शारीरिक अशक्तता भएका, एकल महिला र गर्भवतीका लागि राहतको कार्यक्रम ल्याउनुपर्ने, अविलम्ब क्वारेन्टिनको अवस्थामा सुधार गर्नुपर्ने लगाएतका माग रहेका छन् ।
ज्ञापन पत्र