‘कर्णाली प्रदेशले समयानुकुल वजेट ल्याएको छ’

सल्यान ३, आषाढ ।
कर्णाली प्रदेश सरकारले ल्याएको बजेट समयानुकुल रहेको सल्यानका सरोकारवालाहरुले बताएका छन् । कोरोनाका कारण विश्व नै आक्रान्त वनेको अहिलेको अबस्थामा सोमवार प्रदेश सरकारले सार्वजनिक गरेको वजेट उत्कृष्ट रहेको उनीहरुको भनाई रहेको छ । कोरोनाको माहामारी, भोकमरी र रोजगारीका अबशर सिर्जना गर्ने गरी वजेट आएको उनीहरुको भनाई छ ।

उद्योग बाणिज्य संघ सल्यानका सदस्य डम्वर केसीले कोरोनाका कारण सिर्जित अप्ठ्यारो परिस्थितीमा पनि प्रदेश सरकारले सबै क्षेत्रलाई समेटेर वजेट विनियोजन गरेको बताउनु भएको छ । कोरोना महामारीबाट हुनसक्ने सम्भावित भोकमरी समाधान गर्न ‘एक स्थानीय तह, एक अन्न भकारी’ कार्यक्रम सञ्चालन गर्ने लगाएतका क्षेत्र महत्वपूर्ण भएको उहाँको भनाई छ । स्थानिय उत्पादनलाई बढुवा दिदैँ रोजगारी सिर्जना र आर्थिक रुपमा सवल बन्न यस वजेटले प्रेरित गर्ने उहाँले बताउनुभयो ।

गैरसरकारी संस्था महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र शाहीले कोरोनाले बिश्व नै आक्रान्त वनेको अबस्थामा कर्णाली प्रदेश सरकारले ल्याएको वजेट लोकप्रिय रहेको बताउनु भएको छ । कर्णालीमा रहेका हजारौँ यूवाहरु रोजगारीका लागी खाडीमुलुकमा जाने गरेको बताउदैँ उहाँले ती यूवालाई प्रदेशमा नै राखेर रोजगारी प्रदान गर्ने लक्ष्यका साथ सार्वजनिक भएको वजेट महत्वपूर्ण भएको बताउनुभयो । यसले गर्दा स्थानिय स्तरमा नै रोजगारीका अबशरहरु सिर्जना हुने र आर्थिक स्तरमा सुधार आउने उहाँको भनाई छ ।


अधिकारकर्मी रामचन्द्र रेग्मीले कोरोना रोकथाम र नियन्त्रण सँगै यसबाट सिर्जित परिस्थितीलाई दिगो रुपमा समाधान गर्ने लक्ष्यका साथ सरकारले ल्याएको वजेट जनमूखी भएको बताउनुभएको छ । कोरोनाका कारण नागरिकले अप्ठ्यारो महशुस गरिरहेकाले मनोपरामर्श जस्ता कुरा समाबेश भएको भए राम्रो हुने उहाँको सुझाव छ । यससँगै हिंसा पिडित महिला र बालबालिकाको लागी ठोस योजना पनि वजेटमा समाबेश भएको भए अझै राम्रो हुने उहाँको भनाई छ ।

यूवा व्यवसायी हिमाल यात्रीले विगतका बर्षहरुमा भन्दा यस बर्षको वजेट कृषि र यूवा लक्षित भएको बताउनुभयो । तर यसको उचित कार्यान्वन हुनु पर्ने उहाँको सुझाव छ । उहाँले कृषिलाई आधुनिकिकरण गर्दै रोजगारीका अबसर सिर्जना गर्नको लागी वजेट महत्वपूर्ण भएको उहाँको भनाई छ ।

सोमवार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभामा रू. ३३ अर्ब ७४ करोड १३ लाखको बजेट प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित