बनगाड खोलामा मनपरी उत्खनन् : ‘सरोकारवाला निकाय मौन’

सल्यान ३, आषाढ ।
सल्यानको पश्चिमी क्षेत्रमा रहेको बन्गाड खोलामा अनधिकृत रुपमा उत्खनन् कार्य भैरहेको छ । यस खोलामा गिट्टी, ढुङ्गा, वालुवा निकाल्ने कार्य अनधिकृत रुपमा भैरहेको हो । भर्खर सम्पन्न भएको सल्लिवजारको गैलीवजारमा रहेको छिन्चु जाजरकोट सडक खण्डको बनगाड खोलामा रहेको पक्कि पुल समेत जोखिममा रहेको छ । दिनहुँ जसो खोला अनधिकृत रुपमा दोहोन हुदाँ पनि सरोकारवाला निकाय भने मौन रहेको छ ।


पुल आसपासको क्षेत्रमा वालुवा, ढुङ्गा निकासी गर्दा खोलाको सतह गहिरिदै गएको छ । पुलको तलतिर वालुवा उत्खनन गर्दा ठूला ठूला खाडलहरु परेका छन् । यसले गर्दा बर्षातमा पुलसँगै वस्ती र खेतीयोग्य जमिन समेत खोलाले कटान गर्ने सम्भावना रहेको स्थानियको भनाई छ ।


लामा कन्ट्रक्सनले २०७६ मंसिरमा पुलको निर्माण कार्य सम्पन्न गरे पश्चात पुल सञ्चालनमा आएको थियो । यसरी खुलेआम खोला उत्खनन् हुदा पनि बन्गाड कुपिण्डे नगरपालिका भने मौन रहेको छ ।

प्रतिक्रिया दिनुहोस