सल्यान ३, आषाढ ।
सल्यानका थप २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणमा जिल्लाका २५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
जसमा बागचौर नगरपालिकाका ९ जना, त्रिबेणी गाउपालिकाका ५ जना, सिद्ध कुमाख गाउपालिकाका ३ जना, कालीमाटी गाउपालिकाका २ जना र कुमाख गाउपालिकाका ६ जना रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या १ सय ६२ पुगेको छ ।