आगलागी पिडितलाइ राहत सामाग्री हस्तान्तरण


सल्यान ३, आषाढ ।
सल्यानका एक आगलागी पिडितको परिवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं. १ नाम्रा निवासी गोपाल कामीको परिवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको हो ।

नेपाल रेडक्रस सोशाइटी जिल्ला शाखा सल्यानले बुधबार त्रिपाल, लत्ताकपडा, भाँडाकुडा, लगाएतका १० हजार बराबरको सामाग्री पिडित परिवारलाई प्रदान गरेको हो । नेपाल रेडक्रस सोशाइटी जिल्ला शाखा प्रतिनिधि तथा कर्णाली प्रदेशका सदस्य गणेश विसी र उप शाखा सल्लिवजारका टेकबहादुर पुनले राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

केही दिन अघि उनको घरमा आगलागी हुदाँ लत्तापकडा, भाँडाकुडा, अन्नपात सबै जलेर नष्ट भएको थियो ।

प्रतिक्रिया दिनुहोस