यूवा लक्षित वजेट ल्याउन यूवाहरुको माग

सल्लीवजार ४, आषाढ ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाका स्थानिय यूवाहरुले यूवा लक्षित वजेट ल्याउन नगरपालिकासँग माग गरेका छन् । स्थानिय तहमा जनप्रतिनिधिहरु आएको तीन वर्ष वितिसक्दा समेत यूवा लक्षित कार्यक्रमहरु सञ्चालन हुन नसकेको भन्दै उनीहरुले आउदो आर्थिक बर्ष २०७७।०७८ को वजेट यूवा लक्षित वनाउन माग गरेका हुन् ।


यूवा लक्षित वजेट कम भएको र विनियोजित वजेट सबै यूवाहरु सम्म पुग्न नसकेको भन्दै उनीहरुले नगरप्रमुख गोबिन्द कुमार पुनलाई ध्यानाकृर्षण पत्र बुझाएका छन् । यूवा लक्षित वजेट, रोजगार अभिबृद्धि तथा खेलकूद क्षेत्रलाई प्राथामिकता दिन माग गरेर ध्यानार्कषण पत्र बुझाइएको स्थानिय यूवा रोषन जंग क्षेत्रीले बताउनुभयो । साथै स्थानिय यूवाहरुलाई बिकास निर्माणका कामहरुमा समाबेश गर्न उनीहरुले माग समेत गरेका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख पुनले यूवाहरुमा रहेका सबै समस्याहरु निराकरण हुने आश्वासन दिनुभएको छ । अबको वजेटलाई यूवा लक्षित वनाउन प्रयास गर्ने उहाँको भनाई छ । स्थानिय यूवाहरुले खेल मैदान निर्माण सहित खेल सामाग्रीको ब्यबस्था गर्न समेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित