रोग र भोकसँग लड्ने गरी वजेट ल्याउँछौँ : शारदा नगरपालिका

सल्यान ५, आषाढ ।
सल्यानको शारदा नगरपालिकाले रोग र भोकसँग लड्ने गरी वजेट ल्याउने तयारी गरेको जनाएको छ । आगामी आर्थिक बर्ष २०७७।०७८ को वजेटमा नगरपालिकाले रोग र भोकसँग लड्ने गरी वजेट ल्याउने तयारी गरिरहेको नगरपालिकाले जनाएको हो ।

शुक्रवार नगरपालिका कार्यालयमा भएको पत्रकारहरु सँगको भेटघाट कार्यक्रममा नगरप्रमुख सुरेश अधिकारीले स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा वजेट ल्याउने तयारी भैरहेको बताउनुभएको छ । अहिलेको अबस्थामा कोरोना भाइरस बिरुद्ध लड्न स्वास्थ्य क्षेत्रलाई नै प्राथामिकतामा राखेर वजेट ल्याउने उहाँको भनाई छ ।


‘कोरोनाका कारण विदेशबाट सयौंको संख्यामा नगरबासी नगरमा भित्रिएका छन्, उनीहरुको रोजगारी गुमाएर नगरमा भित्रिएका हुन्, ती नागरिकहरुको सहभागितामा आयमुलक कार्यमा जोड दिइने छ’ उहाँले भन्नुभयो ‘कोरोनाले एउटा अवसर पनि दिएको छ, सयौं युवाहरुलाई कृषि लगाएतका आयआर्जनमुलक कार्यमा लगाउन सकिएमा बेरोजगारी र विदेशिने युवाहरुको संख्यामा पनि कमी आउँछ ।’

उहाँले तोकिएको समयमा नै वजेट ल्याउने तयारी भैरहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस