कस्तो ल्यायो दार्मा गाउपालिकाले निती तथा कार्यक्रम ?

सल्यान ८, आषाढ ।
सल्यानको दार्मा गाउपालिकाले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउपालिकाले सोमवार गाँउसभा मार्फत आगामी आव २०७७।०७८ को निति तथा कार्यक्रम सार्वजनिक गरेको हो । जसमा महामारी र रोजगारी पहिलो प्राथामिकतामा परेका छन् ।

‘रोकौँ महामारी, उठाऔँ पूर्वाधार : बढाऔँ उत्पादन, बनौँ स्वरोजगार’ भन्ने मुल नाराका साथ गाउपालिकाले ल्याएको आगामी आवको निति तथा कार्यक्रममा कोरोना भाइरसको रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारको ब्यबस्था गर्दै महामारीवाट जनतालाई सुरक्षित राख्ने उल्लेख गरिएको छ ।


यस्तै नागरिकलाई सुरक्षित साथ राख्न स्थानिय स्तरमा मनोसामाजिक परामर्श सहित घरेलु उपचार पद्धतीलाई प्राथामिकता दिइने छ । गाउसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउपालिका अध्यक्ष निम बहादुर केसीले स्वास्थ्य क्षेत्रलाई प्राथामिकतामा राखेर गुणस्तरीय र आधारभूत स्वास्थ्य सेवाको पहुँच बृद्धि गरिने बताउनुभयो । जसका लागी पालिका स्तरमा एक सुविधायुक्त अस्पताल वनाइने छ ।

सडक, बिद्युक्त, खानेपानी, सिँचाइलाई पनि जनसहभागीतामा अगाडी बढाइने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै सामाजिक कुरिती र कुसंस्कारको अन्त्य समन्नुत समाज निर्माणमा जोड दिइने छ ।

प्रतिक्रिया दिनुहोस