सल्यान ८, आषाढ ।
सल्यानका थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ४ का २३ बर्षिय एक जना पुरुष, वडा नम्बर ५ का २२ बर्षिय एक जना पुरुष र वडा नम्बर ६ का १८ र ३५ बर्षिय दुइ जना पुरुष रहेका छन् ।
यस सँगै सल्यानमा कोरोना संक्रमितको संख्या १ सय ७२ पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । यस्तै रुकुम पश्चिममा रहेको चौरजहारी मिसन अस्पतालको आइसोलेसनमा रहेका सल्यान ९ जना संक्रमित डिस्चार्ज भएका छन् । सल्यानका ११ जना मध्ये ९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।
उनीहरु सबै बन्गाड कुपिण्डे नगरपालिकाका रहेका छन् । यससँगै जिल्लामा १ सय ४ जना र रुकुमको चौरजहारी आइसोलेसनमा २ जना संक्रमित रहेका छन् ।