सल्यान ९ आषाढ ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ३ मेल्टाकुरा निवासी एक किशोरीको उपचार रोकिएको छ । स्थानिय ठगे पुनको १४ बर्षिया छोरी निकिता पुनको आर्थिक अभावका कारण उपचार कार्य रोकिएको हो । उनी लामो समय देखी ब्लड क्यान्सरबाट पिडित रहेकी छिन् ।
अहिले नगरको वडा नम्वर १ देवस्थलमा बस्दै आएको यस परिवारले निकिताको उपचारको लागी आर्थिक अभाव हुदाँ समस्या भएको जनाएको छ । छोरीको उपचारको लागी अहिले सम्म करिब ५ लाख रुपैँया खर्च भएको बुवा ठगे पुनले जानकारी दिनुभयो ।
फिजियो थेरापी, रेडियो थेरापी र क्युमो थ्रेपी लगाएतको उपचारमा पुनः ५ लाख वढी रकम लाग्ने भएपछि समस्या भएको उहाँको भनाई छ । सुर्खेत, नेपालगन्ज, लखनउ र काठमाडौं लगाएतका क्षेत्रमा उपचार गर्दागर्दै भएको अचल सम्पत्ति पनि सकिएको छ, उहाँले भन्नुभयो अब उपचार गर्नै नसक्ने अवस्थामा पुगियो, म सँग पैसा छैन् ।
साथै उहाँले छोरीको उपचारमा सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ । निकिताको उपचारको लागी आर्थिक जोहो गर्न स्थानिय लागेका छन् । सहयोगका निम्ती लक्ष्मी वैँक सल्लिवजारको खाता नं ०६९२०००४४७३ रकम समेत जम्मा गर्न सकिने परिवारले जनाएका छ । भने बुवाको सम्पर्क मोवाइल नम्बर ९८४९७६९८५० मा पनि सम्र्पक गर्न सकिने छ । निकित प्रभाकर माद्यामिक बिद्यालय देवस्थलमा कक्षा १० मा अध्ययनरत छिन् ।