सल्यान ९ आषाढ ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाले १ सय बेडको आइसोलेसन तयार पारेको छ । प्रभाकर माद्यामिक बिद्यालय देबस्थलमा १ सय बेडको आइसोलेसन तयार पारिएको हो । यस अघि बन्गाडमा आइसोलेसन नहुदाँ कोरोना संक्रमितहरुलाई उपचारको लागी सदरमुकाम वा जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको थियो ।
नेपाली सेनाको सल्लीवजार ब्यारेकले छोटो समयमा नै सो आइसोलेसन तयार पारेको हो । आइसोलेसन तयार भएपछि नगरमा भेटिएका कोरोना संक्रमितहरुलाई उपचारको लागी नगर बाहिर पठाउनुपर्ने बाध्यताको अन्त्य भएको नगरप्रमुख गोबिन्द कुमार पुनले बताउनुभएको छ । यदी नगरमा संक्रमित भेटिएमा उनीहरुलाई नगरमा नै निर्माण गरिएको आइसोलेसनमा राखिने छ ।
विगतमा नगरमा आइसोलेसन कक्ष नहुदा नगरका कोरोना संक्रमित उपचारको लागि सल्यान खलंगा, सुर्खेत र रुकुम उपचार भैरहेको छ । नगरका संक्रमित मध्ये रुकुम पश्चिम चौरजहारीबाट ९, सुर्खेतबाट १३ र खलंगाबाट उपचारका लागि पठाएका ३५ जना गरि जम्मा ५७ जना कोरोना जिति घर फर्कीसकेका छन् । बाँकी ७३ जनाको उपचार भैरहेको छ ।
सोमबार भेटिएका ४ जना कोरोना संक्रमितहरुको भने नगरमा तयार भएको कोरोना उपचार केन्द्र आइसोलेसन उपचार सुरु गरिएको स्वास्थ्य शाखा संयोजक बासुदेव पोख्रेलले वताउनु भएको छ । आइसोलेसन निर्माणकार्यको लागि प्रदेश सरकारले १५ लाख वढी रकम बनगाड कुपिण्डे नगरपालिकालाई पठाएको छ ।
सोहि वजेटको सहयोगमा नगरमा १ सय वेडको आइसोलेसन संघन कक्ष तयार गरेको प्रमुख प्रसासकिय अधिकृत मोहन खड्काले बताउनुभएको छ । अव नगरमा भेटिएका कोराना संक्रमित उपचारका लागि बाहिर पठाउनुपर्ने समस्या नरहेको उहाँको भनाई छ । यस नगरभित्रका क्वारेन्टाइनमा ५ सयको हाराहारीमा नागरिकहरु बसिरहेका छन् ।