सल्यान १० आषाढ ।
सल्यानका बिभिन्न क्वारेन्टाइन र आइसोलेसनमा रहेका नागरिकहरुलाई आयुर्वेदिक औषधि वितरण गर्न थालिएको छ । जिल्लामा रहेका सबै क्वारेन्टाइन र आइसोलेसनमा रहेका नागरिकहरुलाई रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न आयुर्वेदिक औषधि वितरण गर्न थालिएको हो ।
प्रदेश आयुर्वेद निर्देशनालय सुर्खेतले कोरोना भाइरस संक्रमणको रोकथाम, उपचार तथा नियन्त्रणलाई सहयोग पु¥याउने उद्धेश्यले आयुर्वेदिक औषधि वितरण गर्न शुरु गरेको हो । जसका लागी स्वास्थ्य सेवा कार्यालय सल्यान अन्र्तगतको आयुर्वेद शाखालाई मंगलवार ७ प्रकारका आयुर्वेदिक औषधि हस्तान्तरण गरेको छ ।
प्रदेश आयुर्वेद निर्देशनालयका कविराज निरिक्षक श्रीराम आचार्यले बार्षिक कार्यक्रम अनुसार जिल्लामा आयुर्वेदिक औषधि हस्तान्तरण गरिएको बताउनुभएको छ । कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग पु¥याउने र रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने खालका कर्णालीमा नै उत्पादन गरिएको औषधि प्रदान गरिएको उहाँको भनाई छ ।
जसमा अविपतिकार चुर्ण, त्रिफला चुर्ण, हिङवष्टक चुर्ण, सितोपलादी चुर्ण, अश्वगन्धा चुर्ण, आमलका चुर्ण, अमृत चुर्ण लगाएका ७ प्रकारका औषधि हस्तान्तरण गरिएको हो । कोरोना भाइरस नियन्त्रणको लागी औषधि तयार नभएको अबस्थामा कोरोना संक्रमित तथा क्वारेन्टाइनमा बसेका नागरिकहरुमा प्रतिरोधात्मक क्षमता बढाउन यस आयुर्वेदिक औषधिले मद्धत मिल्ने उहाँले जानकारी दिनुभएको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यान अन्र्तगतको आयुर्वेद शाखाका बैद्य बालकृष्ण गिरीले जिल्लामा रहेका सबै क्वारेन्टाइनमा रोगप्रतिरोधात्मक औषधि बितरण गर्न थालिएको बताउनुभएको छ । उहाँले जिल्लामा रहेका सबै क्वारेन्टाइन र आइसोलेसनमा रहेका नागरिकहरुमा योगा प्रशिक्षण दिन थालिएको बताउनुभएको छ । अहिले दैनिक रुपमा बिहान डेढ घण्टा लुहापिङमा रहेका नागरिकहरुलाई योगा प्रशिक्षण दिन थालिएको उहाँको भनाई छ ।