सल्लीवजार ११, आषाढ ।
बनगाड कुपिण्डे नगरपालिकाको नीति तथा कार्यक्रममा कोरोनाका कारण मृत्यु भएमा २५ हजार रकम उपलब्ध गराउने उल्लेख गरिएको छ । बुधबार सम्पन्न नीति तथा कार्यक्रममा नगरपालिकाका कुनै पनि नागरिकको कोरोना भाइरसबाट मृत्यु भएमा २५ हजार रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
त्यस्तै टुहुरा वालवालिकालाइ १० वर्ष सम्म मासिक ५ सय दिने भएको छ । सामुदायिक विद्यालयमा डिप्लोमा तह प्राविधिक धार सञ्चालन गर्न चाहे ३ लाख अनुदान दिने भएको छ । नगरसभामा नगरप्रमुख गोविन्द कुमार पुनले रोजगार सृजना हुने, उत्पादनमूलक क्षेत्र र कोभिडसँग जुध्ने निति तथा कार्यक्रम ल्याएका जनाउनु भएको छ ।
कोरोनाकै कारण नागरिकको जनजिवन प्रभावित भएकोले उत्पादनमूखि र रोजगारमुलक क्षेत्रमा वढि वजेट केन्द्रित रहेको छ । वजेटले कृषि, शिक्षा, स्वास्थ र रोजगारिलाइ वढि प्राथमिकता दिएको छ । नगर उपप्रमुख मञ्जु यरीले क्षेत्रगत निति तथा कार्यक्रमहरुको कार्यन्वयनका लागि वजेट विनियोजन र स्रोत व्यवस्थापनको अनुमान पेश गर्नु भएको छ ।
कुल विनियोजन मध्य चालुतर्फ २९ करोड ४० लाख ९६ हजार, पुजिगत तर्फ २२ करोड ९७ लाख ६६ हजार रहेको छ । आर्थिक वर्ष ०७७र०७८ का लागि अनुमान गरिएको खर्च व्योहोर्ने स्रोतहरु मध्य आन्तरिक राजश्वबाट ४५ लाख, नेपाल सरकारको वित्तीय समानिकरण र शसर्त अनुदानबाट करोड ९८ लाख, राजश्व बाँड्फाँडबाट १० करोड ५९ लाख ६२ हजार, विशेष अनुदान रकम १ करोड, त्यस्तै प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान १ करोड ३ लाख र प्रदेश सरकारको राजश्व तर्फ १० लाख १५ हजार व्यहोर्नुपर्ने प्रक्षेपण गरिएको छ ।
यसआवमा जम्मा आय ४९ करोड १५ लाख ८७ हजार रहेको छ भने अपुग ३ करोड २२ लाख १३ हजार यश आवको वचत रकमबाट व्यहोरिने जनाए छ ।