बन्गाड कुपिण्डे नगरपालिका : पूर्वाधार विकासको काम तिव्र


सल्यान १४, आषाढ ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाले पूर्वाधार विकासको कामलाई तिव्रता दिएको छ । नगरपालिकाले नगरका अधुरा विकास निर्माणका कामहरुलाई धमाधम रुपमा सञ्चालन गरिरहेको हो । अहिले सडक, बिद्युक्त, भवन निर्माण लगाएतका विकास निर्माणका कामहरुले तिव्रता पाएका हुन् ।

नगरपालिकाको भवन निर्माण काम शुरु हुदैँ छ । प्रशासकिय भवनतर्फ ७ करोड छुट्याइएकोमा ५ करोड ३० लाखमा एसोसियट जय भवानी जेभीले टेन्डर पारी सम्झौताको चरणमा रहेको छ । बाकी १ करोड ७ लाखले सभाहल तथा अन्य संरचनाको लागि समेत विनियोजन भएको छ ।

यस्तै मुलाखोला खेतगारा किम्टाकुरा खानिगाउँ मेलटाकुरा बराहपोखरा सडक निर्माणको काम जियुपी कन्स्ट्रक्सन काठमाण्डौँले हात पारेको छ भने ३ करोड ५५ लाखको सम्झौता हुन बाँकी छ । यस्तै बिद्युक्त तर्फ २ करोड ३० लाखको टेन्डर भर्खरै आह्वान भएको छ ।

विद्युत्तको लागि वडा नम्बर १ को घाटगाउँ देखि पानीखोला प्रसारण तथा बितरण लाइन, घाटगाउ देखी ज्यामिरे प्रसारण लाइन तथा बितरण लाइन, वडा १ नम्बर कै नाथेखोला रानागाउँ बितरण लाइन, वडा नम्बर ५ को च्युरा बितरण लाइन, वडा नम्बर ४ को गर्चे प्रशारण लाइन जोडिने भएको छ ।

यस्तै वडा नम्बर ६ को टाट्के कालागाउँमा बितरण लाइन, वडा नम्बर ७ को ढोरपिपल, चिसापानी हुँदै राम्चौना लाइन, वडा नम्बर ८ को बाबियाचौर देखि अधेरी प्रशारण तथा बितरण लाइन, वडा नम्बर ९ को जैतपानी देखि गिठाचौर प्रसारण तथा बितरण लाईन, वडा नम्बर ११ को अथिग्रे लामाखालीमा पनि विद्युतिय लाइन जोडिने जनाएको छ ।

देवस्थल नाम्रा धारागाउँ औलबेसी बामे सडकमा पिएस कन्ट्रकसन बाँकेले ९५ लाखमा टेन्डर पारी सम्झौता गरिसकेको छ । आपचौर खाप्छे निगालचुलाको १ करोड ५८ लाखको सडकमा जिआरएम कन्स्ट्रक्सन चितवनले निर्माणकार्य गरिरहेको छ । नगरपालिकाका यी महत्वपूर्ण योजनाहरु दुर्तगतिमा अघि वढ्ने नगरप्रमुख गोविन्द कुमार पुनले जानकारी दिनु भएको छ ।

प्रशासकिय भवन देखि विद्युत्तिकरण, सडक सञ्जालले आफ्नै कार्यकालमा पुर्नता पाउने उहाँको भनाई छ । वजेट वडाहरुमा कम जानुको मुख्य कारण यी योजनाहरुमा धेरै रकम विनियोजन हुदा वडाको सिलिङ कम भएको जनाएको छ । तर वडामै यो रकम पनि जाने र विकास हुने नगरपालिकाको दावी छ ।
नगरपालिकाका इन्जिनियर महेश देवकोटाले दिएको जानकारी अनुसार सडक सञ्जाल, विद्युत्त र प्रशासकिय भवनको काम अघि छ । विगत लामो समय देखि रोखिएका नगरका विकास योजनाहरु अहिले कार्यान्वयनको चरणमा रहेको उहाँको भनाई छ ।

अवको २ वर्ष भित्रमा भवन, सडक र विद्युत्तिकरणले पूर्णता पाउने प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले जानकारी दिनुभयो । विगत ३ वर्ष देखि रोकिएका तथा अधुरा योजनाहरुलाई नगरपालिकाले अहिले पूर्णता दिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस