वृक्षारोपण दिवश : सल्यानमा यस बर्ष करिब १ लाख बिरुवा रोपिदैँ

सल्यान १४, आषाढ ।
सल्यानमा यस बर्ष करिब १ लाख बिरुवा रोप्ने तयारी गरिएको छ । बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालय परिसर, वन क्षेत्र तथा स्थानिय नागरिकहरुले गरेर यस बर्ष जिल्लामा करिब १ लाख बिरुवा रोप्ने तयारी गरिएको हो । वातावरण हराभरा गराउने र आर्यआर्जनमा पनि टेवा पु¥याउने उद्धेश्यका साथ बिरुवा रोप्ने तयारी भैरहेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

जसको लागी आइतवार राष्ट्रिय बृक्षारोपण बर्ष २०७७ तथा बृक्षारोपण दिवशको अबशरमा जिल्लामा करिब बाह्र सय बिभिन्न प्रजातीका बिरुवाहरु रोपिएको छ । सुन्तला, कागती, ओखर, लिची, टिमुर लगाएतका बिभिन्न प्रजातीका बिरुवाहरु रोपिएको हो । डिभिजन वन कार्यालय सल्यान र पहाडी किसानका लागी अनुकुलन आयोजना (आसा) सल्यानको संयुक्त आयोजनामा बृक्षारोपण गरिएको हो ।


प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल, बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगाएतको सहभागितामा जिल्लामा बिभिन्न कार्यालयहरुमा बृक्षारोपण गरिएको हो । बृक्षारोपण कार्यको शुरुवात जिल्ला प्रशासन कार्यालय परिसरमा बिरुवाहरु रोपेर गरिएको थियो ।

सो अबशरमा बोल्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले बृक्षारोपण गर्नु पुण्यको काम भएको बताउनुभएको छ । उहाँले बिगतमा पनि बृक्षारोपण गर्दा पुण्य प्राप्ती हुन्छ भन्ने मान्यता हामी रहेको र बृक्षारोपणले वातावरण पनि हराभरा हुने भएकाले यस कार्यमा सहभागी हुन सबैलाई आग्रह गर्नुभएको छ । फलफूलका बिरुवा रोप्दा आम्दानीको स्रोत पनि बन्ने र वातावरण पनि हराभरा हुने भएकाले बृक्षारोपण कार्यमा सबै सहभागी हुनुपर्ने उहाँको भनाई छ ।


यस बर्ष करिब १ लाख बिरुवा रोप्ने भनेर बिभिन्न नर्सरीहरुमा माग समेत गरिएको डिभिजन वन कार्यालय सल्यानका निमित्त डिभिजनल वन अधिकृत रमेश कुमार गिरीले बताउनुभएको छ । उहाँले वातावरण हराभरा सँगै उत्पादन दिने र आयआर्जनमा टेवा पु¥याउने खालका बिरुवाहरु रोप्नपर्ने बताउनुभएको छ । यसका लागी सहयोग गर्न तयार भएको डिभिवन वन कार्यालय सल्यानको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस