बागचौरका थप २ जनामा कोरोना पुष्टी : सल्यानमा संक्रमितको संख्या २ सय ७ पुग्यो

सल्यान १६, आषाढ ।
सल्यानका थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा जिल्लाको बागचौर नगरपालिकाका थप २ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । ३५ जनाको पिसिआर परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टीभएको कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार बागचौरका थप २२ जनाको परिक्षण हुन बाँकी रहेको छ ।  यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या २ सय ७ पुगेको छ । कोरोना संक्रमित मध्ये हालसम्म १ सय ५१ जना निको भएर घर फर्कि सकेका छन् ।

प्रतिक्रिया दिनुहोस