सुर्खेतको सिम्ता गाउँपालिकामा वजेट माथीको छलफल शुरु


सल्लीवजार १६, आषाढ ।
सुर्खेतको सिम्ता गाउँपालिकामा वजेट माथीको छलफल शुरु भएको छ । सातौँ गाउँसभामा प्रस्तुत वजेटका वारेमा आजबाट छलफल सुरु भएको हो । छलफल पश्चात् सुझाव अनुरुप पारित हुने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले वताउनुभएको छ । नागरिक समाज, दलका प्रतिनिधि, विषगत शाखा प्रमुख, उद्योग वाणिज्य संघ लगाएका प्रतिनिधिहरुले वजेटको विषयमा सुझाव दिएका छन् ।

बृहत् छलफल र सुझावलाई अत्यन्तै गहन ढंगबाट केलाएर मात्रै वजेट पास हुने उपाध्यक्ष चन्द्रकला शाहीको भनाइ छ । बाहिर नभएर सभामा नै सुझाव दिन उहाँले सबैलाई आग्रह गर्नुभएको छ । सो अबशरमा पार्टी प्रतिनिधि नेकपा गणेश विक, झुपवहादुर वुढा, नेपाली कांग्रेसका विरेन्द्र रावत, उद्योग वाणिज्य संघका गणेश सुनारले धारणा राख्नु भएको थियोे ।

यस्तै शिक्षा, स्वास्थ्य, कृषि, प्राविधिक, महिला तथा वालवालिका शाखा र सरोकारवाला निकायले समेत वजेटको वारेमा सुझाव सहितको धारणा राखेका थिए । दलका प्रतीनिधि र विषयगत शाखाबाट आएका सुझावलाई समेटिने प्रमुख प्रशासकिय अधिकृत जनकवहादुर हमालले जानकारी दिनुभएको छ ।
सामुहिक छलफल र सबैको सुझावलाई ग्रहण प्रश्चात वजेट पास हुने छ । सिम्ताको वजेट माथिको छलफल आजबाट सुरु भएको छ । उक्त छलफल १५ दिन चल्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस