साँढे ३ करोडको लागतमा बन्गाडमा लिफ्ट खानेपानी योजना सञ्चालन हुदैँ


सल्यान १८, आषाढ ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकामा साँढे ३ करोडको लागतमा लिफ्ट खानेपानी योजनाको काम अगाडी बढेको छ । नगरको वडा नम्बर ३ र ५ का बिभिन्न बस्तीहरुलाई समेटेर ३ करोड ५४ लाखको लागतमा योजना निर्माणको काम शुरु भएको हो ।

यस योजनाबाट खेतगारा, मेलटाकुरा, किमटाकुरा, खानिगाउँ र वरापोखरा गाउँका १ सय ७६ घरधुरी लाभान्वित हुने नगरका इन्जिनियर महेश देवकोटाले जानकारी दिनुभयो । ६९ किलोवाटको सोलार सिस्टमबाट ४ सय २ मिटर लामो दुरिको लिफ्ट खानेपानी योजनामा ४ वटा ट्याङ्की हुने छन् । बिगतमा खानेपानीको अभावमा समस्या भोग्दै आएका यहाँका नागरिकहरु अब घरमा नै खानेपानी आउनेभएपछि निकै खुसी भएका छन् ।

यस खानेपानी योजनाको बुधबार शिलन्यास गएिको छ । खेतगारा औलको मुलाखोला स्थीत खानेपानी मुहानमा नै पुगेर नगर प्रमुख गोबिन्द कुमार पुनले शिलन्यास गर्नुभएको हो । वडाअध्यक्ष टेकबहादुर पुनको अध्यक्षतामा भएको खानेपानी योजनाको शिलन्यास कार्यक्रममा बोल्दै उहाँले तोकिएको समयमा नै काम सम्पन्न गर्ने गरी द्रुत गतिमा काम गर्न निर्देशन दिनुभएको छ ।

जेयुपी प्रालिका विश्वविक्रम जोसीले तोकिएको समयमा नै गुणस्तरीय काम गरी योजना सम्पन्न गर्ने दावी गर्नुभएको छ । नगरका प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले नगरमा विकास निर्माणका कामहरु तिव्रगतिमा सञ्चालन भैरहेको बताउनुभएको छ । गाउँमा नै खानेपानी आउनेभएपछि स्थानिय खुसी भएको शिक्षक अकवर पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस