सल्लीवजार १८, आषाढ ।
सिम्ता गाउँपालिका सुर्खेतमा कोरोना पुष्टि भएका सबै जना घर फर्किएका छन् । पछिल्लो पटक जाँच गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरु सबैलाई घर पठाइएको हो । गाउँपालिकाले सबैलाई १४ दिन होम क्वारेन्टाइनमा वस्न निर्देशन दिदैँ घर पठाएको छ । सिम्ता गाउँपालिकाको बागेश्वरी मावि राकमको आइसुलेसनमा रहेका ३ जना कोरोना जितेर घर फर्किएका हुन् । यसअघि २ जना पनि कोरोना जितेर घर फर्किसकेका थिए ।
सिम्तामा ४८ वटा क्वारेन्टाइनमा भारत लगाएत अन्य मुलुकबाट आएर २ हजार ७ सय ३९ जना नागरिक नियम अनुसार १४ दिन क्वारेन्टाइनमा बसि उनीहरूको आरडिटि परिक्षण गरि संकास्पद देखिका ५ सय ५१ जनाको पिसिआर परिक्षण गरिएको थियो । जसमध्ये ५ जना मात्र कोरोना पुष्टि भएको थियो ।
उनीहरू पनि सन्चो भएर घर फर्केको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिनुभएको छ । हाल क्वारेन्टाइनमा ६१ जनामात्र बसिरहेका छन् ।