सल्यान १८, आषाढ ।
सल्यानका बिभिन्न क्वारेन्टाइनबाट धमाधम रुपमा नागरिकहरु भाग्न थालेका छन् । क्वारेन्टाइनमा बसेको लामो समय भएको र स्वाव रिपोर्ट आउन पनि ढिलो भएको भन्दै नागरिकहरु क्वारेन्टाइनबाट नै भागरे घर गएका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाका ७८ जना भागेका छन् । आज मात्रै ७१ जना क्वारेन्टाइनबाट भागेको नगरपालिकाले जनाएको छ ।
केही दिन अघि भानुभक्त प्रावि खनियाखर्कबाट निगालचुलाका ६ जना भागेका थिए भने आज आधारभुत विद्यालय लाहाघाटबाट ७१ जना भागेका छन् । यस क्वारेन्टाइनमा ७४ जना थिए । जसमध्ये ३ जनाको आरडिटि र पिसिआर रिपोर्ट पोजेटिभ आएपछि आइसुलेसनमा रहेका छन् । त्यही टिमका ७१ जनाको स्वाब लगेको १ हप्ता सम्म पिसिआर रिपोर्ट नआएको भन्दै उनीहरु भागेका छन् ।
यस्तै बनगाड क्याम्पस बनगाडको क्वारेन्टाइनबाट १ जना कोरोना पोजेटिभ भागेका थिए । उनलाई लिन घरमै सुरक्षाकर्मी पुगेर पुनः क्वारेन्टाइन ल्याइएको छ । रिपोर्ट ढिलाइ आएको भन्दै भारतबाट आएर क्वारेन्टाइनमा वसेका नागरिक भाग्न थालेका छन् । अहिलेसम्म विभिन्न क्वारेन्टाइनबाट ७८ जना भागि सकेका छन् ।
भागेर घर पुगेका कोरोना पोजेटिभलाइ समेत घरपरिवारले लुकाउने गरेका छन् । वडा २ का वडाअध्यक्ष प्रतिमल वुढाका अनुसार उक्त क्वारेन्टाइनमा सुरक्षाकर्मीलाई ढुङ्गा प्रहार उनीहरु भागेका हुन् । रिपोर्ट नआउदैँ उनीहरु घर गएपछि गाउघरमा त्रास छाएको छ ।