सल्लीवजार १९, आषाढ ।
सल्यानको पश्चिम क्षेत्र सल्लीवजारबाट सेवा प्रवाह गर्दै आएको लक्ष्मी बैंक शाखाले तेस्रो वार्षिक उत्सव मनाएको छ । शाखा कार्यालय स्थापना भएको तेस्रो बर्षको अबशरमा केक काटेर बार्षिक उत्सव मनाएको शाखा प्रवन्धक केशव विक्रम सेनाले जानकारी दिनुभयो ।
शाखा कार्यालय स्थापना भएको ३ वर्ष यस शाखामा करिव ५ हजार ग्राहक पुगेका छन् । बिगतमा यो क्षेत्रमा बैंक नहुदा नागरिकले निकै दुख खेपिरहेका थिए । व्यक्तिगत प्रयोजन र सरकारी कामकाजको लागी बैंकिङ कारोवार गर्न सल्यान खलंगा धाउनुपर्ने अवस्था थियोे ।
अहिले नागरिकलाई निकै सहजता भएको छ । यस बैंक आएपछि सरकारी तथा गैरसरकारी कार्यालयसँगै सर्वसाधारणको समेत बैंकिङ क्षेत्रमा पहुँच पुगेका छ ।