सल्यानको दमाचौरमा २३ दिने झोला बुनाइ तालिम सम्पन्न

सल्यान १९, आषाढ ।
२३ दिने झोला बुनाइ तालिम सल्यानको दमाचौरमा सम्पन्न भएको छ । छत्रेश्वरी गाउपालिका वडा नम्बर २ मा लक्षित बर्गको वजेट अन्र्तगत १ लाख २० हजारको वजेटमा तानबाट झोला बुनाइ तालिम सम्पन्न भएको हो ।

वडाका प्रति टोलबाट २ जनाका दरले तालिममा १० जना महिला सहभागी भएका थिए । सिर्जनशिल महिला समुहको आयोजनामा भएको तालिममा सहभागी महिलाहरुले तालिममा सिकेका कुराहरुलाई ब्यबहारमा लागु गर्ने बताएका छन् ।

महिलाहरुलाई स्थानिय स्तरमा नै तालिम प्रदान गर्ने र उनीहरुलाई आयआर्जनका कार्यमा सरिक बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको समुहका अध्यक्ष प्रतिभा वलीले जानकारी दिनुभयो । तालिम समापनको अबशरमा गाउपालिका उपाध्यक्ष सिता केसी, वडाअध्यक्ष प्रेम बहादुर खड्का लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस